शनिबार, भाद्र २७ गते २०८३
images

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

एक्सप्रेस पाना
भाद्र २७, २०८३ शनिबार
  • 57
    SHARES
  • युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    काठमाडौँ । नेपालले युएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । उपाधिसँगै नेपालले सन् २०२७ मा हुने एशिया कपमा स्थान सुरक्षित गरेको छ ।

    images

    नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा २६९ रनमा समेटियो । युएईका राहुल चोपडाले शतकीय पारी खेल्दै १०० रन बनाए । सोहैब खानले ५२, तनिश पुरीले ४२ तथा हरप्रीत सिंहले ३३ रन जोडे ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले शानदार शतक प्रहार गर्दै १०२ रन बनाए । गुलशन झाले ५२ रनको अर्धशतकीय योगदान दिए ।

    images

    त्यस्तै, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ रन बनाए । बसिर अहमद १५ रनमा अविजित रहे।