आइतबार, कार्तिक १६ गते २०८३
images
images

१० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने रावलको घोषणा

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 259
    SHARES
  • १० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने रावलको घोषणा

    कात्तिक ५ काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् ।

    images

    केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् ।

    'यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने ।

    images

    रावलले थपे, 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।'