आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार

एक्सप्रेस पाना
कार्तिक १२, २०८२ बुधबार
  • 265
    SHARES
  • सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार

    काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । 

    images

    आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

    उनका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनलाई सकुशल उद्धार गरिएको छ । अहिले उनलाई कैलास एयरको हेलिकोप्टर मार्फत लुक्ला ल्याइसकिएको उनले जानकारी दिए । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर दुर्घटना