काठमाडौैं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।
अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले शुक्रबारदेखि नयाँ मापदण्ड लागु गरेको हो ।
विभागका अनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।
विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकलाई सुसूचित गर्न अनुरोध गरेको छ । नयाँ मापदण्ड :
- कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी,
- सम्बन्धित देशको प्रवेशाज्ञा (visa) वा On Arrival visa प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने,
- प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट,
- आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा ।
.jpg)


