कात्तिक ६ सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको आज निधन भएको छ ।
लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् ।लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। 
.jpg)


