मंगलबार, भाद्र २३ गते २०८३
images

राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

एक्सप्रेस पाना
कार्तिक २०, २०८२ बिहीबार
  • 235
    SHARES
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किने भएका छन् । 

    images

    राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। साथै, सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।


    सम्मेलनमा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्रीहरू, विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल