आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओलीले भने : हाम्रो गणना एक नम्बरमा छ 

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 492
    SHARES
  • ओलीले भने : हाम्रो गणना एक नम्बरमा छ 

    कात्तिक ६ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले  चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् । 

    images

    देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताए । ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ ।

    नमूना काम गर्नुपर्छ । हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने । 

    images

    उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन् ।  उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे ।