आइतबार, कार्तिक १६ गते २०८३
images
images

त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 329
    SHARES
  • त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम

    काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । 

    images

    पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । 

    त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # त्रिवेणी सिन्थेटिक
  • # बक्यौता रकम