मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु महालक्ष्मी लाइफको बागमती 'प्रोभियन्स क्लव एचिभर्स अवार्ड' सेरेमोनी भव्य रुपमा सम्पन्न

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 330
    SHARES
  • प्रभु महालक्ष्मी लाइफको बागमती 'प्रोभियन्स क्लव एचिभर्स अवार्ड' सेरेमोनी भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न भएको छ । 

    images

    बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरेको हो । कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको थियो ।

    कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    images

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिदै यो एउटा सफलताको सिढि मात्र रहेको र अझै ठूला सफलताहरु अगाडि रहेकाले सो एचिभ गर्न सम्मानीतहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरेका थिए । 

    कार्यक्रममा फलदायी बनाउन श्रीयोगेन्द्र प्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरिएको थियो । कार्यक्रम हर्षउल्लासका साथ सु–सम्पन्न भएको थियो । 

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ