बुधबार, भाद्र २४ गते २०८३
images

नेकपाप्रति ओलीको टिप्पणी:साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन्

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 324
    SHARES
  • नेकपाप्रति ओलीको टिप्पणी:साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् । 

    images

    सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै उनले छैठौं नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गरे । 

    ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ । ज्येष्ठ नागरिक आश्रममा अब एक दुई जनालाई समेट्न बाँकी छ । अनि कोर्स पूरा हुन्छ उहाँहरुको । कोही कोही छैठौं नम्बर पाएपछि कुदिहाल्नु हुँदो छ,’ उनले भने । 

    images

    त्यस्तै उनले अनेरास्ववियूलाई चाहीं विद्यालय–क्याम्समा पस्न नदिने अनि विदेशका विभिन्न एजेन्सीका अनेक क्रियाकलापमार्फत आगजनी गर्न सिकाउन चाँही पठाउने ?भन्दै निजी विद्यालयहरुलाई प्रश्न गरे । 

    त्यस्तै उनले घरीघरी जेनजीलाई उकास्न सडकमा निस्किएका पुलतीहरु आफूहरुले देखेको भन्दै भदौ २४ गतेका दिन नै प्रधानमन्त्री र मन्त्रीहरु को को हुँदैछन् भन्ने थाहा पाएको बताए । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली