बुधबार, भाद्र २४ गते २०८३
images

जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जान निकोल लफ्टी–ईटन

एक्सप्रेस पाना
कार्तिक २६, २०८२ बुधबार
  • 190
    SHARES
  • जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जान निकोल लफ्टी–ईटन

    काठमाडौं । जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विदेशी खेलाडी जान निकोल लफ्टी–ईटन नेपाल आइपुगेका छन्।

    images

    नामिबियाका अलराउन्डर लफ्टी–ईटन मंगलबार काठमाडौं आइपुगेका हुन्। उनी नेपाल प्रिमियर लिगको तयारीका लागि जनकपुर बोल्ट्स टोलीमा सहभागी हुनेछन्।

    २४ वर्षीय लफ्टी–ईटन नामिबिया राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन्। उनले हालै सम्पन्न टी–२० विश्वकपमा पनि प्रभावशाली प्रदर्शन गरेका थिए। ब्याटिङ र लेग–स्पिन बलिङ दुवैमा दक्ष लफ्टी–ईटनको आगमनले जनकपुर बोल्ट्सको टिम थप सशक्त बनेको जनकपुर बोल्ट्स व्यवस्थापनले जनाएको छ।

    images

    जनकपुर बोल्ट्सले केही दिनमै प्रशिक्षण सत्र सुरु गर्ने तयारी गरेको छ। लिग आगामी हप्ताबाट सुरु हुदैँछ । 

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # एनपीएल