बुधबार, भाद्र २४ गते २०८३
images

भारतीय क्रिकेटर प्रियांक पञ्चाल कर्णाली याक्सबाट एनपीएल खेल्ने

एक्सप्रेस पाना
कार्तिक २७, २०८२ बिहीबार
  • 258
    SHARES
  • भारतीय क्रिकेटर प्रियांक पञ्चाल कर्णाली याक्सबाट एनपीएल खेल्ने

    काठमाडौं । भारतीय क्रिकेटर प्रियांक पञ्चाल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। याक्सले उनलाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । 

    images

    भारतको घरेलु क्रिकेटमा गुजरातको प्रतिनिधित्व गर्दै आएका दाहिने हातका ब्याट्सम्यान पञ्चाल अनुभवी खेलाडी हुन्। उनले रणजी ट्रफीमा गुजरातलाई ऐतिहासिक उपाधि दिलाउने क्रममा कप्तानको भूमिका निर्वाह गरेका थिए।

    कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन् ।

    images

     कर्णाली याक्सका व्यवस्थापनले पञ्चालको समावेशीले टोली अझ सशक्त बनेको बताएका छन्। याक्सले उनको अनुभव र स्थायित्वले टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # एनपीएल
  • # प्रियांक पञ्चाल