काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी)दानबहादुर कार्कीले दज्र्यानी चिन्ह (फुली) लगाएका छन् ।
बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई दज्र्यानी चिन्ह (फुली) लगाइदिएका हुन् ।
आइजीपी कार्कीले यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्कीलाई २०८२ कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा नियुक्त गरिएको थियो ।
.jpg)


