मंगलबार, भाद्र २३ गते २०८३
images

सन्तोष परियारले छोडे रास्वपा

एक्सप्रेस पाना
कार्तिक २८, २०८२ शुक्रबार
  • 291
    SHARES
  • सन्तोष परियारले छोडे रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । 

    images

    उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको लागि परियारलाई शुभकामना समेत दिएका छन् । 

    images

    उनले सामाजिक सञ्जालका लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’

    राजिनामासँगै परियारले ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सन्तोष परियार
  • # रास्वपा