शनिबार, भाद्र २७ गते २०८३
images

वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्:परामर्श सेवामा सुधार गर्नुहोस्

एक्सप्रेस पाना
मंसिर १, २०८२ सोमबार
  • 307
    SHARES
  • वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्:परामर्श सेवामा सुधार गर्नुहोस्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् । 

    images

    सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् । 

    उनले भनिन्,‘हाम्रो परामर्श सेवामा बिरामीलाई कुरा बुझाइदिने विषयमा कमजोर रहेछौं । त्यसलाई हामीले सुधार गर्नैपर्छ । बिरामीले भनेको छ, एउटा हामीले बुझेका छौं अर्को । त्यसमा सुधार्नै पर्छ । उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै सुधार गर्न आवश्यक छ ।’

    images

    त्यस्तै उनले निजी अस्पतालमा भन्दा राम्रो स्वास्थ्य सेवा वीर अस्पतालमा भइरहेको भन्दै उनले सर्वसाधारणलाई सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन आग्रह गरिन् । 

    वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

    मन्त्री गौतमले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् ।

    उनले बिरामीहरुबाट चिकित्कहरुले रुखो व्यवहार गर्ने गरेको गुनासो गरेको सुनाइन्् । 

  • सम्बन्धित विषय:

  • # डा.सुधा शर्मा