कात्तिक ७ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। शुक्रबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मत विभाजन हुने भएको हो।
आइतबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मत विभाजनको प्रकृया अगाडि बढ्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ९४० बमोजिम मुख्यमन्त्री आचार्यले पेश गरेका प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने पराजुलीले बताए।
गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि उनी स्पष्ट अल्पमतमा छन्।
९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सांसद छन्।
.jpg)


