आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बाढीपहिराे र डुबानकाे अवस्था बुझे, पीडितलाई भेटेनन् 

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 365
    SHARES
  • प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बाढीपहिराे र डुबानकाे अवस्था बुझे, पीडितलाई भेटेनन् 

    कात्तिक ७ सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् ।

    images

    उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई नभेटी हेलिकप्टरबाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् ।

    उनीसँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् । 

    images

    बिहानै सुनसरी आएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए । उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बुझेका थिए । 

    विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडाैं फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्रै बाँडे । करिब पाँच मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताए । उनले बाढीले पुर्‍याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेकोसमेत बताए ।न्युज कारखाना