आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले अधिवेशन : अध्यक्ष ओलीकै वडामा भएन सहमति, निर्वाचन हुँदै

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 257
    SHARES
  • एमाले अधिवेशन : अध्यक्ष ओलीकै वडामा भएन सहमति, निर्वाचन हुँदै

    कात्तिक ७ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने देखिएको छ ।

    images

    अध्यक्ष ओलीले बस्दै आएको सूर्यविनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खडका दुवैले दाबी नछाडेपछि अन्ततः निर्वाचनमा जाने सहमति गरी शनिवार बिना निष्कर्ष अधिवेशन सकिएको थियो । वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।

    यसअघि दुई दुई पटक अध्यक्ष भइसकेका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दावी गरेका छन् भने युवा संघका नेता खड्काले नयाँ पुस्ताले नेतृत्व हस्तान्तरण गराउनु पर्ने भन्दै दाबी प्रस्तुत गरे पछि शनिबार सहमति हुन नसकेको एक नेताले बताए । 

    images

    उनका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले उद्घाटन गरेको वडा अधिवेशनमा दुवैले दाबी नछाडेपछि आइतवार निर्वाचनवाट टुंग्याउने गरी अधिवेशन स्थगित गरिएको थियाे । आइतवार बिहानकाे प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएकाे छ । यसबीचमा दुबै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरु लागिपरेकाे स्थानीय गाेपाल खनालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन् ।न्युज कारखाना