आइतबार, कार्तिक १६ गते २०८३
images
images

२४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 297
    SHARES
  • २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

    कात्तिक ७ बुटवल । एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका  छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी सचिव चुनिएर चर्चामा छिन् । 

    images

    सिद्धार्थनगर नगरपालिका–१३ वडाको अधिवेशनबाट २४ वर्षीय भीम भण्डारी अध्यक्षमा चुनिएका हुन् । नगरका १३ वटा वडाका अध्यक्षमध्ये उनी नै सबै भन्दा कान्छा हुन् । 

    त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक  नगरपालिका–६ बाट १९ वर्षीया झरना थापा वडा सचिव चुनिएर चर्चामा छिन् । अध्ययनसँगै राजनीति थालेकी उनले अब अध्ययनसँगै राजनीतिलाई पनि अगाडि बढाउने बताइन् । 

    images

    ‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन् ।