बुधबार, भाद्र २४ गते २०८३
images

बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापनपत्र

एक्सप्रेस पाना
मंसिर १६, २०८२ मंगलबार
  • 133
    SHARES
  • बाजुराको स्वास्थ्य समस्या सुधारको माग राख्दै हेमराज थापाले मन्त्री शर्मालाई बुझाए ज्ञापनपत्र

    काठमाडौं । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।

    images

    अस्पताल बाजुराको स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग राख्दै उनीहरुले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । बाजुराको विकास, समृद्धि तथा यहाँका हरेक समस्याहरुको उठान गर्दै आएका सामाजिक अभियन्ता थापाले तत्काल समस्या समाधान हुनुपर्ने बताएका छन् । 

    अस्पताल बाजुरामा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सेवा प्रवाहमा समस्या हुँदा यहाँका नागरिकलाई स्वास्थ्य उपचारमा असहज भइरहेको भन्दै मन्त्री गौतमको ध्यानाकर्षण समेत गराएका छन् । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरणसहितको व्यवस्था हुनुपर्ने माग गरिएको छ। 

    images

    बाजुरा जिल्लाका स्वास्थ्य समस्या सुधारका निम्ति र जिल्ला अस्पताल  बाजुरामा आवश्यक विशेषज्ञ डक्टर र मेडिकल उपकरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्रीको ध्यानकर्षण सहित बाजुराका समस्या बारे छलफल गरिएको अभियान्ता थापाले जानकारी दिए ।

    जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ जनशक्ति, औषधि उपकरणको अभावमा यहाँका नागरिकहरुले समस्या भोगिरहेको र गुणस्तरीय स्वास्थ्य सेवा नपाएकोले तत्काल समस्या समाधान गर्न माग गरिएको थापाको भनाइ छ ।

    अस्पतालमा जनरल सर्जन, फिजिसियन, बालरोग विशेषज्ञ, उपकरणमा भेन्टिलेटर, फिजियोथेरापीका लागि स्पिनल ट्राक्सन मेसिन, ब्लड बैंक सेवा विस्तार तथा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ । 

    यता स्वास्थ्यमन्त्री गौतमले दुर्गम बाजुराक नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै समस्या समाधान गरिने बताइन् ।
    उनले यहाँका स्थानीय सरकारसँग कुरा गरेर आवश्यक समन्वय तथा सहकार्यको बाटो अपनाईने बताएकी हुन्। साथै अस्पतालको सुधार तथा बाजुराका समस्या अगाडि बढाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी हुन्।

  • सम्बन्धित विषय:

  • # सुधा गौतम
  • # हेमराज थापा