आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ:उपप्रमुख डंगोल

एक्सप्रेस पाना
मंसिर १९, २०८२ शुक्रबार
  • 147
    SHARES
  • स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ:उपप्रमुख डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पुर्‍याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् ।

    images

    शुक्रबार स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी  हुन् ।

    ‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’

    images

    उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गहिरा भावनाहरू गीतमार्फत अभिव्यक्त गर्ने असाधारण कलाकार रहेको उल्लेख गरिन् ।

    ‘उहाँले पीडा मात्र होइन, हाम्रो जीवनका विभिन्न भावनाहरू उजागर गर्नुभयो । कलाकारिताले जनमानसको मन छुने क्षमता हुनुपर्छ भनिन्छ, उहाँ त्यही मनलाई छुन सक्ने कलाकार हुनुहुन्थ्यो,’ डंगोलले भनिन् ।

    उपप्रमुख डंगोलले नारायण गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ भन्दै कलाकारको कृतित्व कहिल्यै मर्न नजाने बताइन् ।
    ‘उहाँको गीतको आभासले उहाँ हामीसँगै हुनुहुन्छ जस्तो लाग्छ । मानिसले त छोडेर जानै पर्दछ, तर महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ,’ उनले भनिन् ।

  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल