आइतबार, कार्तिक १६ गते २०८३
images
images

पदाधिकारीहरूकै स्वार्थका कारण कांग्रेस अवैधानिक हुने अवस्थामा पुग्यो : नेता सिंह

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 296
    SHARES
  • पदाधिकारीहरूकै स्वार्थका कारण कांग्रेस अवैधानिक हुने अवस्थामा पुग्यो : नेता सिंह

    कात्तिक ७ जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

    images

    प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  का‌ंग्रेस पूर्वउपभापति समेत रहेका नेता सिंहले पदाधिकारीहरूले महाधिवेशन प्रति उदासिन रहेकोले विगतमा पटकपटक महाधिवेशनको मिति सारिएको बताए । 

    तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताउदै उनले भने, ‘क्रियाशील सदस्यको विवाद रहेका दुई जिल्लाको वडाको समस्या समाधान गरी महाधिवेशन तोकिएकै समय हुनुपर्नै हरेक कांग्रेसजनको चाहना हो ।’  

    images

    १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले सभापतिमा आफूहरूले उम्मेदवारी दिने पक्का रहेको बताए । सर्वसहमत रूपमा आफू सभापतिको उम्मेदवारको लागि नेताहरूसँग निरन्तर छलफल रहेका उनले बताए ।

    पार्टीलाई गतिशिल बनाएर देशलाई आर्थिक क्रान्तिको बाटोमा डोर्‍याउन सफल र सक्षम नेतृत्वको खाँचो रहेको उनले औँल्याए । कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारले ८८ दिनपछि पूर्णता पाएको बताउँदै उनले सरकारले कोरोना नियन्त्रण, बाढीपहिरो पीडितलाई राहत दिन सरकार गम्भीर रहेको बताए ।