शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 100
    SHARES
  • चलचित्र ‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु

    काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो ।

    images

    ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।

    चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् । स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायांकन अघि बढाइने निर्माण टिमको भनाइ छ ।

    images

  • सम्बन्धित विषय:

  • # ‘झिँगेदाउ–२