काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


