आइतबार, कार्तिक १६ गते २०८३
images
images

महाधिवेशनमा सहभागि हुन एमालेको घरदैलो अभियान सुरु

एक्सप्रेस पाना
मंसिर २४, २०८२ बुधबार
  • 109
    SHARES
  • महाधिवेशनमा सहभागि हुन एमालेको घरदैलो अभियान सुरु

    काठमाडौं । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुन घरदैलोमा पुगि निमन्त्रणा दिन कार्यको औपचारिक सुरुवात गरेको छ ।

    images

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन् ।

    यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् ।

    images

    घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी थिए ।

    एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन