आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु,भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

एक्सप्रेस पाना
मंसिर २७, २०८२ शनिबार
  • 101
    SHARES
  • एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु,भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

    काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।

    images

    शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।

    पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

    images

    महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन