आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजेबाट मतदान हुँदै

एक्सप्रेस पाना
पौष २, २०८२ बुधबार
  • 123
    SHARES
  • एमालेको  नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजेबाट मतदान हुँदै

    काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

    images

    ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

    विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    images

    उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।

    एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन