मंगलबार, भाद्र २३ गते २०८३
images

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

एक्सप्रेस पाना
पौष ३, २०८२ बिहीबार
  • 139
    SHARES
  • नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । 

    images

    बिहिबार भएको ११औँ राष्ट्रिय महाधिवेशनको मत परिणाम अनुसार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेर विजयी भएका हुन् । 

    त्यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलिले पोखरेललाई १०९९ मतले पराजित गरेका हुन् । 

    images

    ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

    ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली