आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

एक्सप्रेस पाना
पौष ३, २०८२ बिहीबार
  • 185
    SHARES
  • एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    काठमाडौं । नेकपा एमालेको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    images

    केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

    ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।

    images

    यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

    उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

    उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले