मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल बैंक लिमिटेडको "टप अप गरौं,बोनस पाऔं"अभियान सञ्चालनमा

एक्सप्रेस पाना
पौष ४, २०८२ शुक्रबार
  • 144
    SHARES
  • नेपाल बैंक लिमिटेडको "टप अप गरौं,बोनस पाऔं"अभियान सञ्चालनमा

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेडले  ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि “टप अप गरौं, बोनस पाऔं अभियान सञ्चालनमा ल्याएको छ । 

    images

    बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक फोन पेमेन्ट इन्टरनेशनल प्रा.लीको को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौं, बोनस पाऔं अभियान सञ्चालनमा ल्याउको हो । 

    सो अभियान अवधिभर रु. २०० वा सो भन्दा माथिको रकम एनबिएल मोबाइल बैंकिङ एप मार्फत मोबाइल टप–अप गर्ने  ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

    images

    हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक लिमिटेड