मंगलबार, भाद्र २३ गते २०८३
images

थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

एक्सप्रेस पाना
पौष ५, २०८२ शनिबार
  • 174
    SHARES
  • थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् ।

    images

    शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।

    images

    प्रवक्ता झाका अनुसार आजै चितवनको कार्यक्रमपछि दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं फर्कि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ।

    थुनामुक्त हुने आदेश पाएपछि लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला कारगारबाट थुनामुक्त भएका थिए । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने