काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीले प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गरेकोमा मिश्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। प्रत्यक्षतर्फ सिफारिस हुने अन्य उम्मेदवारहरूमा रामेश्वर श्रेष्ठ र राम तन्दुकार रहेका छन्।
यसैगरी, समानुपातिक तर्फ मिना सुवेदी, रबिना शाही र सुमिरा कार्कीको नाम सिफारिस गरिएको छ। पार्टी स्रोतका अनुसार अन्तिम निर्णय केन्द्रिय समितिबाट हुने छ।
.jpg)


