आइतबार, कार्तिक १६ गते २०८३
images
images

मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 162
    SHARES
  • मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण

    काठमाडौं ।  मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका हुन् । 

    images

    सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।

    सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानुनहरु अगाडि बढाउन सम्पूर्ण दलहरुसंग सहकार्य र छलफल गर्ने बताए ।

    images

    उनले मधेश प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको काम काज अगाडि बढाउने जानकारी दिए । मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # रामअशिष यादव