मंगलबार, भाद्र २३ गते २०८३
images

बालेन शाह र रवि लामिछानेबीच सकारात्मक भेटवार्ता

एक्सप्रेस पाना
पौष ८, २०८२ मंगलबार
  • 193
    SHARES
  • बालेन शाह र रवि लामिछानेबीच सकारात्मक भेटवार्ता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

    images

    सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको कार्यालयमा करिब ६ घण्टा लामो छलफल भएको हो। भेटमा समसामयिक विषयदेखि, आसन्न निर्वाचन र राजनीतिक विषयसम्म व्यापक छलफल भएको बताइएको छ।

    दुवै पक्षले भेटलाई सकारात्मक रूपमा लिएको स्रोतले जनाएको छ। साथै भविष्यमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि कुराकानी भएको छ। भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल, कुमार बेन, निश्चल बस्नेत, र असिम शाहलगायतको सहभागिता रहेको थियो।

    images

    भेटपछी रवि र बालेन एउटै गाडीमा निस्किएका थिए । यस लगतै असिम शाहले आफनो सामाजीक सञ्जालमा रवि र बालेनको भेटलाई देशले खोजेको आशाको मिलन रहेको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्;

    "अन्ततः कथाको सुखद सुरुवात भएको छ।
    रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।
    यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।
    हामी सबै नेपाली लाई बधाई।"

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # मेयर बालेन शाह