काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले लगातार नयाँ रेकड बनाएको छ ।
आज सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


