शनिबार, भाद्र २७ गते २०८३
images

क्रिसमसको अवसर पारेर चलचित्र ‘मुगलान’ प्रदर्शनमा

एक्सप्रेस पाना
पौष १०, २०८२ बिहीबार
  • 126
    SHARES
  • क्रिसमसको अवसर पारेर चलचित्र ‘मुगलान’ प्रदर्शनमा

    काठमाडौं । नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ ।

    images

    प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।

    फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।

    images

    नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय जुनै अन्य बार पनि रिलिज हुनेगर्छ । ‘मुगलान’ क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएको हो ।