काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।
विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।
उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।
‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ ।’
आफूले गाडी बुझाएको विषयलाई लिएर राजीनामा दिएको भनी समाचार लेखिएकोप्रति उनले आपत्ति जनाइन् । ‘गोरखापत्र, केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । आफ्नै देशका सञ्चारमाध्यमले यस्तो लेख्दा मलाई लाज लागिसक्यो,’ उनले भनिन् ।
उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा
.jpg)


