आइतबार, कार्तिक १६ गते २०८३
images
images

तोकिएकै समयमा महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 212
    SHARES
  • तोकिएकै समयमा महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल

    कात्तिक ८ नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 

    images

    नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा उनले निर्धारित समयमा हुन नसके समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । कांग्रेसको १४औं महाधिवेशन ९–१३ मंसिरमा गर्ने तयारी छ । 

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनको भनाइ छ । 

    images

    पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका नेता पौडेलले यसले मुलुकलाई नै अस्थिरताको भूमरीमा फसाइएको बताए ।