बुधबार, भाद्र २४ गते २०८३
images

भेनेजुएलाका राष्ट्रपति मादुरो सवार विमान न्यूयोर्कमा अवतरण, ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय विवाद चुलियो

एक्सप्रेस पाना
पौष २०, २०८२ आइतबार
  • 128
    SHARES
  • भेनेजुएलाका राष्ट्रपति मादुरो सवार विमान न्यूयोर्कमा अवतरण, ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय विवाद चुलियो

    काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान अमेरिकाको न्युयोर्कस्थित स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ। अवतरणलगत्तै विमान अमेरिकी कानुन कार्यान्वयन निकायको नियन्त्रणमा परेपछि अन्तर्राष्ट्रिय राजनीतिमा गम्भीर विवाद उत्पन्न भएको छ।

    images

    अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण भएपछि सुरक्षाकर्मीहरू विमानभित्र प्रवेश गरेका थिए। यससँग सम्बन्धित सार्वजनिक दृश्यहरूमा धावनमार्गमा दर्जनौँ सुरक्षा अधिकारीको घेरामा एक व्यक्तिलाई अघि बढाइरहेको देखिन्छ। विमान अवतरणपछि सम्पूर्ण क्षेत्र उच्च सुरक्षा घेरामा राखिएको थियो।
    यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि सैनिक कारबाहीसँगै अब अमेरिका अस्थायी रूपमा देश सञ्चालन गर्ने घोषणा गरेका छन्।

    फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भेनेजुएला सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण नभएसम्म अमेरिका त्यहाँको शासन सञ्चालन गर्नेछ।’

    images

    ट्रम्पले सत्ता हस्तान्तरण प्रक्रिया भेनेजुएलाका जनताको हितअनुकूल हुनुपर्ने भन्दै भविष्यमा पुनः अस्थिरता दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
    अमेरिकाको यस कदमलाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा हेरिएको छ।

    घटनाले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको आरोपसमेत उठ्न थालेको छ। विश्व राजनीतिमा यसको प्रभाव र सम्भावित अन्तर्राष्ट्रिय प्रतिक्रियालाई गम्भीर रूपमा हेरिएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # भेनेजुएला