बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल बैंक र मेडिकेयर हस्पिटल लि. बिच सम्झौता

एक्सप्रेस पाना
पौष २१, २०८२ सोमबार
  • 122
    SHARES
  • नेपाल बैंक र मेडिकेयर हस्पिटल लि. बिच सम्झौता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि बिच सम्झौता भएको छ । 

    images

    बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।  

    सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

    images

    सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।  

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक