आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं ५ बाट एमालेको उम्मेदवारमा ईश्वर पोखरेल सिफारिस

एक्सप्रेस पाना
पौष २१, २०८२ सोमबार
  • 177
    SHARES
  • काठमाडौं ५ बाट एमालेको उम्मेदवारमा ईश्वर पोखरेल सिफारिस

    काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गरेको छ।

    images

    आइतबार सम्पन्न एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको हो।

    पोखरेल यसअघि पनि काठमाडौं ५ बाट पटक–पटक निर्वाचन लड्दै आएका नेता हुन् र यो क्षेत्र उनको गृह क्षेत्रसमेत पर्छ।

    images

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए। उक्त निर्वाचनमा पौडेलले १५ हजार २६९ मत प्राप्त गर्दा पोखरेलले १० हजार १९० मतमा सीमित भएका थिए।

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल