काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि इन्जिनियर धर्म केसीलाई उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।
पार्टीको जिल्ला समितिको बैठकले केसीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। स्थानीय तहमा सक्रिय रहँदै आएका केसीलाई विकास, सुशासन र प्रविधिमैत्री सोच भएका व्यक्तिका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
रास्वपाले देशभर वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने अभियान अन्तर्गत लमजुङमा पनि सक्षम र नयाँ अनुहारलाई उम्मेदवार बनाउने रणनीति लिएको जनाएको छ।


