आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन पौष २७–२८ गते, सम्पूर्ण प्रतिनिधिलाई सहभागिताको आग्रह

एक्सप्रेस पाना
पौष २३, २०८२ बुधबार
  • 116
    SHARES
  • कांग्रेस विशेष महाधिवेशन पौष २७–२८ गते, सम्पूर्ण प्रतिनिधिलाई सहभागिताको आग्रह

    काठमाडौं । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेको छ ।

    images

    बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धमा आयोजित विशेष पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिता हुन आग्रह गरेको हो ।

    सोही क्रममा नेपाली काङ्ग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने बताए ।

    images

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०६२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको हो ।

    यसअनुसार २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नरहेको नेता खरेल बताउँछन्

  • सम्बन्धित विषय:

  • # कांग्रेस विशेष महाधिवेशन