आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस विशेष पक्षधरले भन्यो:६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 171
    SHARES
  • कांग्रेस विशेष पक्षधरले भन्यो:६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं

    काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

    images

    विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।

    सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाँही ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथिहरुले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पुर्‍याएर देखाइदिन्छौं ।’

    images

    यसैगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस विशेष पक्षधर