बुधबार, भाद्र २४ गते २०८३
images

माघ ४ गते राजीनामा दिने तयारीमा बालेन साह

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 192
    SHARES
  • माघ ४ गते राजीनामा दिने तयारीमा बालेन साह

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले माघ ४ गते आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्।

    images

    प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते तय भएकाले त्यसअघि नै उनले मेयर पदबाट राजीनामा दिन लागेका हुन्। बालेन साहले माघ ४ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेको उनी निकट व्यक्तिहरूले जानकारी दिएका छन्।

    राजीनामापछि साह मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा पुगेर राजनीतिक भेटघाट तथा गतिविधि बढाउने योजना रहेको बताइएको छ।

    images

    यसैबीच, बालेन साह प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्दै प्रधानमन्त्रीको आकांक्षीसहित निर्वाचनमा अघि बढ्ने सहमति गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # राजीनामा
  • # बालेन साह