काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनले थापालाई निर्विरोध सभापति घोषणा गरेको हो । विशेष महाधिवेशनले १३ जना पदाधिकारीसहित १२१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेललाई दिइएको छ ।
यसैगरी सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला सङ्ग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी तथा कर्णबहादुर बूढा चयन भएका छन् ।


