आइतबार, कार्तिक १६ गते २०८३
images
images

विशेष महाधिवेशन विधानविपरीत छ:पूर्णबहादुर खड्का

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 174
    SHARES
  • विशेष महाधिवेशन विधानविपरीत छ:पूर्णबहादुर खड्का

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।

    images

    पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।

    ‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’

    images

    उनले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताए । पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उनको भनाइ थियो ।

    खड्काले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै भने, ‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईंले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो । पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो ।’

    उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # पूर्णबहादुर खड्का