आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं क्षेत्र नम्बर ५ उम्मेदवारी दर्ता गर्दै ईश्वर पोखरेलले भने एमालेको जित सुनिश्चित छ

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 149
    SHARES
  • काठमाडौं क्षेत्र नम्बर ५ उम्मेदवारी दर्ता गर्दै ईश्वर पोखरेलले भने एमालेको जित सुनिश्चित छ

    काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो । विजयको अपेक्षा पूर्ण रुपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु । विकास निर्माणका मुद्दाहरुलाई उठाउँछौं ।राजनीति स्थायीत्व जरुरी छ । त्यो राजनीति स्थायीत्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउँछौं ।’

    images

    निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै उनले एमालेको जित सुनिश्चि भएको दाबी गरे । क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल