आइतबार, भाद्र २८ गते २०८३
images

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

एक्सप्रेस पाना
माघ ८, २०८२ बिहीबार
  • 142
    SHARES
  • टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

    काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् । तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी हिजो मात्र दिइएको मन्त्रालयले जनानएको छ ।

    यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो ।

    images

    संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # अनुप बास्तोला
  • # टेकु अस्पताल