मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
माघ ११, २०८२ आइतबार
  • 114
    SHARES
  • प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भएको हो । 

    images

    कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए । उनले अभिकर्ताहरुले मेहनतले पाएको सफलतामा कम्पनीको सधै साथ–सहयोग रहने बताउँदै उच्च सम्मान प्रकट गरे । एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे । 

    prabhu (1).jpg

    images

    प्रमुख कार्यकारी अधिकृत प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताए ।  उनले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने उल्लेख गर्दै यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय रहेको बताए । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षहरुमा परिणाम आउने विश्वास व्यक्त गरे । 

    त्यसैगरी नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण रहेको बताए । 

    अन्तराष्ट्रिय ट्रेनरअमित शर्माले व्यवसायीक विक्री कलाको क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । चर्चित कलाकार  सन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ